फिस्टेलमा अभिमुखीकरण कार्यक्रम
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | ०७:२४:०० मा प्रकाशित

पाेखरा । पोखरा महानगरपालिका वडा न १७ बिरौटामा अवस्थित फिस्टेल एकेडेमीले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न तहमा अध्ययनरत विद्यार्थी अभिभावकहरुलाई छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना विद्यार्थीलाई ध्यान दिनुपर्ने विषयका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थिमा शारीरिक वृद्धि विकासको अवस्था आइपर्ने, विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा विद्यालयका मिडल स्कुल को-अर्डिनेटर कमल लामिछाने, प्राचार्य डा. त्रिदेव उपाध्यायले अभिमूखीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीको चारित्रिक तथा मानसिक विकासमा अभिभावकको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुलाई सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखिकरण आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । अभिभावकीय भूमिका कलात्मक हुनुपर्ने भन्दै उनले विद्यार्थीको सर्बाङ्गिण विकासका हेतु विद्यालय र अभिभावकको संयोजनकारी भूमिका नै आवश्यक भएकी उल्लेख गरे ।
सो अवसरमा उक्त विद्यालयका संस्थापक उपाध्यक्ष अन्जु बस्नेत रानाभाट, निर्देशक एरिका रानाभाट, निर्देशक एलिश रानाभाट, प्रशासन प्रमुख अग्नि सिवाकोटी, लगायत अभिभावकहरुले सफल अभिभावकीय भूमिकाको बारेमा चर्चा गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस