गाउँ सहर

१६ महिने बालिका बलात्कार गर्ने युवक पक्राउ

काठमाडाैं । १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवकलाइ प्रहरीले पक्राउ गरेकाे हाे । 

टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको जानकारी दिएकाे छ । पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो । बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता