देउवाले भने- ‘गठबन्धन के हुन्छ भन्ने पनि कुरा आयो, एकताबद्ध हुन्छ चिन्ता नलिनुस्’
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | ११:५६:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् ।
‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।
देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस