गाउँ सहर

तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने मन्त्रिपरिषद् निर्णय

 

काठमाडाैं । सरकारले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हाे ।

दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए।  सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका थिए ।

गाउँ सहर संवाददाता