अर्थतन्त्र

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्याे

काठमाडाैं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ९ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।   

गाउँ सहर संवाददाता