प्रहरी जवानको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउन गृहको प्रस्ताव
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | ११:०३:०० मा प्रकाशित

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि सारेकाे छ । दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएका छन् ।
प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको नियम १३१ मा संशोधन गर्ने तयारी गरिएको छ । मन्त्रालयका अधिकारीका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानको पेन्सन अवधि घटाएको थियो ।
अर्थमा पठाइएको प्रस्तावअनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस