नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १०:०३:०० मा प्रकाशित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । 'हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो ', बुधबार मलेसियालाई पराजित गरेपछि कप्तान सन्दीपले भने।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस