अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोत्सव पोखरा हुने
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १७:१६:०० मा प्रकाशित
काठमाडौं । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टीबल हुने भएको छ । अगामी सन् २०२३को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टीलमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुनेछ ।
शर्माका अनुसार याे कार्यक्रमले देशको आर्थिक बिकासमा पनि टेवा पु¥याउने छ भने प्रदेश सरकारको तर्फबाट फेस्टीबलको लागि आवश्यक जग्गा तथा अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने छ ।
सो जे एम इन्टरटेन्टमेन्ट नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।
दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका यस्तो फेस्टीबल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफु उत्साहित भएको जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस