अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोत्सव पोखरा हुने
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १७:१६:०० मा प्रकाशित
काठमाडौं । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टीबल हुने भएको छ । अगामी सन् २०२३को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टीलमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुनेछ ।
शर्माका अनुसार याे कार्यक्रमले देशको आर्थिक बिकासमा पनि टेवा पु¥याउने छ भने प्रदेश सरकारको तर्फबाट फेस्टीबलको लागि आवश्यक जग्गा तथा अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने छ ।
सो जे एम इन्टरटेन्टमेन्ट नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रवद्र्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।
दि वल्र्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका प्रेसिडेन्ट वाङ्ग जिमीनले रसिया, टर्की, फिलीपिन्स, ब्राजिललगायतका यस्तो फेस्टीबल सफलता पूर्वक सम्पन्न गरेको भन्दै सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले आफु उत्साहित भएको जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस