गाउँ सहर

जुवा खेलिरहेकाे अवस्थामा नगदसहित पाँच जना पक्राउ

काटमाठाैं । प्रहरीले काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका १६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १७ ढल्कु बस्ने काभ्रे तिमाल गाउँपालिका ४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जानकारी दिएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता