एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन एकएक किलोका ढक अनि बच्चासँग के निहुरिनु : ओली
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १४:१५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच गठबन्धनबिरूद्ध एमाले एक्लै काफी भएकाे बताएका छन् ।
बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालका कुनै पनि पार्टीले एमालेसँग एक्ले लड्न नसक्ने बताए ।
ओलीले पाँच वटाको गठबन्धनले के गर्छ ? भन्दै ओलीले आफू हाराहारीको शक्तिसँग लड्न मात्रै उपयुक्त हुने भन्दै गठबन्धनका दलहरुलाई बच्चाहरुको दल भएको बताए । उनले ती दलहरुसँग निहुरिएर लड्नुपर्ने उनको भनाइ थियो ।
पाँचजना अलगअलग हुँदा निहुरिएर लडाईं गर्दा झ्याउ हुने पनि उनले बताए । ‘पाँचजना भयो भने निहुरिएर बच्चाबच्चासँग कताकता लडाई गर्ने ? निहुरिएर लडाई गर्नुपर्छ,’
ओलीले भने, ‘यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो । एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ ।’
सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरे ।
अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।
सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस