सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १२:३६:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) काे पाँचाैं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
उनले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिए । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राखे ।
हामीले दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताए ।
उनले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले बिमस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको धारणा दोहो-याए ।
उनले गौतम बुद्धको देश नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिस्टेकलाई बनाउन सकिने धारणा राख्दै भने, ‘हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक शुत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस