प्रधानमन्त्री देउवा ३ दिने भारत भ्रमणमा जाने
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १५:०९:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् । भ्रमण दलमा परराष्ट्र मन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ । दिल्लीमा हुँदा प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम रहेकाे छ ।
चैत २० मा नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस