गाउँ सहर

नेपाली सेनामा १९४ कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडाैं । नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग गरेको छ । त्यस्तै प्राड उपसेनानी र पाइलट उपसेनानी चार–चार जना माग गरिएको छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनको पूर्ण विवरण आजको गोरखापत्रमा प्रकाशित गरिएकाे छ ।

गाउँ सहर संवाददाता