कांग्रेसबाट मन्थली नगरपालिकामा कार्कीले गरे उम्मेद्वारी दिने घाेषणा
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | ०८:०४:०० मा प्रकाशित

रामेछाप । आसन्न स्थानीय निर्वाचनका लागि मन्थली नगरपालिकाकाे नगर प्रमुख पदमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव विनाेद कार्कीले उम्मेदवारी दिने घाेषणा गरेका छन् ।
चनखुमा शनिबार भएको कार्यक्रममा कार्कीले मन्थली नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने घाेषणा गरेका हुन् । मन्थली नगरपालिकामा प्रमुखका लागि दाबी गर्ने कार्की पहिलो उम्मेदवार हुन् ।
स्थानीय निर्वाचन नजिकिदै जाँदा जिल्लामा चुनावी माहाेल तातेकाे छ । टिकटकाे लागि रस्साकस्सी शुरू हुन थालेकाे छ ।
चनखु निवासी कार्की दुई पटक कांग्रेसको क्षेत्रीय सभापति भइसकेका व्यक्ति हुन् ।
उनी अघिल्लाे पटकका पनि उम्मेदवार हुन् तर कार्की उपविजेता भए ।
कांग्रेसका वर्तमान जिल्ला सचिव कार्कीको निर्वाचनमा गुप्त रूपमा माहौल बनाउने चलाख मानिन्छन् । कार्कीले टिकट पाएको अवस्थामा चिसापानी, पुरानागाउँ, चनखु, गेलु र फुलासी क्षेत्रमा अन्य उम्मेदवार भन्दा धेरै मत खस्ने आँकलन उनकाे छ ।
त्यस्तै भलुवाजोर, मन्थली, कठजोर, सालु, सुनारपानी, भटौलीमासमेत कार्कीको नगर प्रमुख उम्मेदवारी बारेको चर्चा उत्तिकै छ ।
कसलाई उम्मेदवार बनाउदा निर्वाचन जित्न सकिन्छ ? भन्ने कुराको लेखाजोखा चलिरहेकै बेला उनकाे उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
नगरप्रमुख पदमा दाबी गर्दै कार्कीले जसरी जित्ने बताए ।
जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) ले गठबन्धन गर्ने निर्णय भएको खण्डमा पनि मन्थली नगरपालिकामा कांग्रेसले अरुलाई नछोड्ने बताउँदै आएका छन् । कांग्रेस एक्लै चुनावमा गएर भएपनि मन्थली नगरपालिकामा जित्ने तयारी कांग्रेसको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस