बेथानमा यसपाली कांग्रेसकाे चारतारे झण्डा फरफराउँछ, माओवादी लालकिल्ला ताेडिन्छ : आँधी
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १३:४४:०० मा प्रकाशित
.jpeg)
रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा 'ख' का प्रदेश सभा तथा कार्यसमिति सदस्य आँधी लामाले अब सुनापति गाउँपालिका- ४, बेथान सहित जिल्लाका अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसले जित्ने बताएका छन् ।
शनिवार “घर-घर जाऔं, काँग्रेस जिताऔं” अभियान अन्तर्गत बेथानमा आयाेजित वडास्तरीय कार्यक्रममा बाेल्दै लामाले अब माओवादीकाे लालकिल्ला भनेर चिनिने बेथान मात्रै हाेइन सुनापति पालिका नै नेपाली कांग्रेसले एकलाैटी जित्ने दाबी गरे ।
लामाले भने-'कुनै बेला बेथानलाई माओवादीहरूले लालकिल्ला मान्थे त्याे लालकिल्ला पाँच वर्षअघि नै भत्किसकेकाे हाे अब यसपाली पाँचै वडादेखि पालिकासम्म कांग्रेसकाे विजयी चारतारे झण्डा फरफराउनेछ । त्यसमा कसैले शंका नगरे हुन्छ ।'
माओवादीकाे ज्यादति खेप्नु खेपिसकेकाे बताउँदै अब जनता जागिसकेकाेले कम्युनिष्टकाे तानाशही र अधिनायकवादी घेरा ताेडेर चारतारे झण्डा गाढेर स्वतन्त्रता र न्यायकाे लडाइँकाे लागि कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताए ।
मतदाता तथा कार्यकर्ता कांग्रेसलाई भाेट हाल्न आँतुर रहेको बताए ।
रामेछाप प्रदेश सभा 'ख' कार्यसमितिले “घर-घर जाऔं, काँग्रेस जिताऔं” अभियानका लागि बेथानमा प्रतिनिधिकाे रूपमा खटाएका लामाले जस्ताेसुकै विपदकाे बेलामा पनि नेपाली कांग्रेस जनताकाे साथमा रहेकाे बताए ।
लामाले निर्वाचनमा कार्यकर्ता खर्चिलाे र लाेभी हुन नहुने भन्दै प्रलाेभनमा नफसि इमानदारसाथ कांग्रेसकाे रूख चिन्हमा भाेट हालेर पाँच वर्ष कामकाे मूल्याँकन गरेर पर्खन आग्रह गरे ।
भिडिओमा हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस