नक्कली चिकित्सक पक्राउ
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १३:३६:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासबाट नक्कली चिकित्सक पक्राउ गरेका हुन् । बर्दिबासस्थित साँझा कान्तिपुर डेन्टल प्रा.लि. बर्दिबासका सञ्चालक दिलिप भनिने सञ्जय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्ट सिंहका अनुसार उनलाई ईलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको हो । दुई वर्ष अघि उनले धनुषा मिथिला नगरपालिका वडा नं.–९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए ।
डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्यधिक रक्तस्राव भएर रानीको मृत्यु भएको थियो । ‘रानी दाँत दुखेर साँझा कान्तिपुर डेन्टल प्रा.लि.मा उपचारका लागि आएकी थिइन् । प्रतिवादी दिलिपले आफूसँग चिकित्सकको प्रमाण पत्र नै नभई,डाक्टर हुँ भनी उनको दाँत उखेलेका थिए ।
त्यसपछि अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको थियो’, प्रहरी निरीक्षक सिंहले बताए । घटनापछि फरार रहेका दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी पश्चात् पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस