अर्थतन्त्र

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

 काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज फेरि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । बुधबार सुनको मूल्य तोलामा ११ सयले घटेको थियो । 

 हिजो चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३७५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । 

गाउँ सहर संवाददाता