राजनीति

चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो

काठमाडाैँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावकाे मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हाे भनेका छन् ।

उनले ट्विट गर्दै साे कुरा बताएका हुन् ।

ट्विटमा "दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति हो । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसंग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं !" भनिएकाे छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत