नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम पनि खुम्चियाे
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १५:२३:०० मा प्रकाशित

काठमाडाैं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २०.६३ अंकले घटेर दुई हजार ६ सय ३० दशमलब ६ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा पुगेर बन्द भएको थियो ।
आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज २ अब ४ करोड ४३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । मंगलबार २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार बुधबार कारोबार भएका ३० वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १५५ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६९१.६० रुपैयाँ पुगेको छ ।
आज बुद्धभुमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको आज ८ करोड ४० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस