सभापति देउवा –शेखरकाे लामाे समयपछि टेलिफाेन संवाद, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १३:४२:०० मा प्रकाशित

काठमाडाैं । बुधबार बिहान सभापति देउवाले शेखरलाई टेलिफोनमा सम्पर्क गरेका हुन् । दुई नेताबीच पार्टी सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ ।
सभापति शेरबहादुर देउवाज्यूले टेलिफोन गरेका थिए । उनीहरूबीच पार्टी सञ्चालन र भातृसंस्थाको तदर्थ समिति गठनका विषयमा कुराकानी भएको छ,” नेता कोइरालाका स्वकीयसचिव दिनेश थपलियाले भने, “शेखर कोइरालाले पार्टी मापदण्डका आधारमा न्यायपूर्ण सञ्चालन गरौँ, म तपाईंको हात बलियो बनाउन चाहन्छु भन्नुभएको छ ।”
जसमा जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका हुन् । महाधिवेशनपछि देउवाले शेखरसँग औपचारिक छलफलसमेत गरेका थिएनन् । दुवै नेताबीच लामो समयपछि संवाद भएकाे जनाइएकाे छ ।
गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धामा उत्रिएका थिए ।
सभापति जितेपछि देउवाले कोइरालासँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।
तीन दिनअघि शेखरले नै देउवासँग सम्पर्क गर्न चाहेका थिए । तर, त्यति बेला कुरा हुन सकेकाे थिएन । त्यसपछि विराटनगर गएका शेखरले देउवाले गरेको फोन ‘मिस’ गरेका थिए । काठमाडौं फर्किएपछि मंगलबार शेखरले फोन गरे पनि कुरा हुन नसकेपछि देउवाले आज बिहान ‘कलब्याक’ गरेकाे थपलियाले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस