संवैधानिक पदाधिकारीको नियुक्ति विरूद्धका रिटमा सुनुवाइ जारी, ५२ पदाधिकारीको पद के हाेला ?
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १३:१३:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासको आजको सुनुवाइ जारी छ ।
केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संविधानको व्यवस्था नै संशोधन हुने गरी संवैधानिक परिषद्बाट गरेका नियुक्ति सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता ओमप्रकाश अर्यालसहितले रिट दायर गरेका थिए । रिटमाथि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ थालेको थियो । त्यो दिन बहस नसकिएपछि आजलाई सुनुवाइ सरेको थियो ।
यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले यी रिटमा सुनुवाइ गर्न नमिल्ने विवाद भएको थियो ।
उनले यी रिटको सुनुवाइबाट अलग हुने मौखिक घोषणा गरे पनि संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुनैपर्ने संवैधानिक व्यवस्था भएको भन्दै परेको अर्को रिटमाथि भदौमा आदेश गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले यी रिटको सुनुवाइ रोक्न आदेश दिएका थिए ।
संवैधानिक इजलासमा आज एक घण्टा रिट पक्षका वकिलहरुलाई समय छुट्ट्याइएको छ भने बाँकी एक घण्टा रिटको विपक्षमा बहसका लागि छुट्ट्याइएको छ ।
रिटकर्ताले संवैधानिक सर्वोच्चता र विधिको शासनका लागि प्रक्रियाविपरीतका नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश मागेका छन् । संवैधानिक इजलासले बहसको समय तोकिसकेको भन्दै आजै अन्तरिम आदेश आउन सक्ने अपेक्षा राखेका छन् ।
विपक्षमा भने ओली सरकारका तत्कालीन महान्यायाधिवक्ता रमेश बडाल, सुरेन्द्र भण्डारीसहितले बहस गर्ने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस