गाउँ सहर

शव वाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगलागी

काठमाडाैं । शववाहनसँग मोटरसाइकल ठोक्किएकाे छ । भक्तपुरको लोकन्थलीमा शववाहनसँग मोटरसाइकल ठोक्किएर जलेको हाे । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन सँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किएकाे प्रहरीले जनाएकाे छ । 

शववाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् । दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका छन् । उनको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता