पारस र सावित्रा दशक खेलाडी, टमटा उत्कृष्ट दशक प्रशिक्षक
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | २०:३५:०० मा प्रकाशित

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित भब्य कार्यक्रमबीच दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरियो । अवार्डसँगै पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार पाए ।
मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस १८औँ संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।
एलिनालाई पिपल्स च्वाइस अवार्ड
पिपल्स च्वाइस विधाको अवार्ड टेबुलटेनिस खेलाडी एलिना महर्जनले जिते । खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएको यस विधाको मनोनयनमा एलिनासँगै फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल थिए । एलिनाले ४७ प्रतिशत भन्दाबढी मत ल्याए । अवार्ड सहित उनले पनि पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ शाहलाई
मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो ।
यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ छन् ।
मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उँचो बनाएका थिए ।
‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरिएको छ । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भएका छन् । एआईपीएस एसियाका अध्यक्ष छन् ।
यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गएिको हो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो ।
पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनीले मुख्य प्रायोजन गरेको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, हंशराज हुलासचन्द एण्ड कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा लगायतले पुरस्कार प्रदान गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस