शेयर बजारमा हरियाली, २ अर्ब ५९ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १५:१९:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजारमा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १५६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ ।
नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज करिब ३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस