स्वास्थ्य

आइतबार ३७ जनामा कोरोना संक्रमण पुष्टि, ३८२ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।

आइतबार ३८२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ३२४१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा २७९८ पीसीआर तथा १२६३ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता