काठमाडाैं । साताकाे पहिलो दिन शेयर बजार उत्साहजनक रहेन ।
आइतबार बजार १४.६७ अंकले घटेर परिसूचक २६१६.५८ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु लाइफ इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस