आइएमई पेको उत्सवको बहार दुवई घुम्ने उपहार विजेता घोषणा
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १५:१८:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् । व्यवसाय प्रबर्धनमुखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,००० ( रु. १,५०,००० प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस