अर्थतन्त्र

आइतबार घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले बताएकाे छ । 

गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

गाउँ सहर संवाददाता