गाउँ सहर

नाैँ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा ४५ वर्षीय पुरूष पक्राउ

काठमाडाैं । ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालीगुराँस टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको जानकारी दिएकाे छ ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता