यी हुन् जिल्ला अधिवेशनबाट निर्वाचित कांग्रेसका ७७ सभापतिहरू
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | १७:०५:०० मा प्रकाशित

काठमाडाैं । स्थगित गरिएका १६ जिल्लाको अधिवेशन आइतबार राति सम्पन्न भएपछि नेपाली कांग्रेसकाे ७७ वटै जिल्लाले सभापति पाएकाे छ ।
याे नतिजासँगै नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै तहको अधिवेशन पूरा भएको छ । गत पुस अन्तिम साता कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो ।
१४औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा बल्ल कांग्रेसको जिल्ला अधिवेशन सकिएको हाे । सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।
आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो ।
७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ । यद्यपि केही जिल्ला सभापति भने सभापति देउवा र शेखर काेइराला पक्षले आ-आफ्नो निकट भएको दाबी गरेका छन् ।
महाधिवेशनमा देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पहिलो चरणमा सभापतिमै प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिनिकट नेताहरू पनि केही जिल्लाको नेतृत्वमा आएका छन् ।
प्रदेश १
१. पाँचथर - रूपनारायण जवेगु
२. ताप्लेजुङ - गजेन्द्रप्रसाद तुम्याहाङ
३. इलाम - डम्बरबहादुर खड्का
४. संखुवासभा - दीपक खड्का
५. तेह्रथुम - अर्जुन तुम्बाहाम्फे
६. धनकुटा - दिनेश राई
७. भोजपुर - विनोद वान्तवा
८. खोटाङ - विष्णुकुमार राई
९. सोलुखुम्बु - नाम्गेल जाङ्बु शेर्पा
१०. ओखलढुंगा - तेजेन्द्र खनाल
११. उदयपुर - हिमाल कार्की
१२. झापा - देउमान थेबे
१३. मोरङ - डिगबहादुर लिम्बू
१४. सुनसरी - केदार भण्डारी
मधेश प्रदेश
१. सप्तरी - रामदेव साह
२. सिरहा - रामचन्द्र यादव
३. धनुषा - योगेन्द्र पजियार
४. महोत्तरी - नागेश्वर यादव
५. सर्लाही - सुरेन्द्रप्रसाद सिंह
६. रौतहट - सुनिलकुमार यादव
७. बारा - राजेश राय यादव
८. पर्सा - जनार्दनसिंह क्षेत्री
वागमती प्रदेश
१. दोलखा - बर्मा लामा
२. रामेछाप - पूर्णबहादुर (कान्छाराम) तामाङ
३. सिन्धुली - उपेन्द्र पोखरेल
४. काभ्रे - तीर्थ लामा
५. सिन्धुपाल्चोक - जंगबहादुर तामाङ
६. रसुवा -पेम्वाछिरिङ तामाङ
७. नुवाकोट -रमेश महत
८. धादिङ - रामनाथ अधिकारी
९. चितवन - राजेश्वर खनाल
१०. मकवानपुर - बुद्ध लामा
११. भक्तपुर - दुर्लभ थापा
१२. ललितपुर - जितेन्द्रकुमार श्रेष्ठ
१३. काठमाडौं - कृष्णसबुज बानियाँ
लुम्बिनी प्रदेश
१. नवलपरासी पश्चिम - अर्जुनकुमार पोखरेल
२. रूपन्देही - रामकृष्ण खाण
३. कपिलवस्तु - अब्दुल कलाम खाँ
४. पाल्पा - हिमालदत्त श्रेष्ठ
५. अर्घाखाँची - केशव श्रेष्ठ
६. गुल्मी - खिलध्वज पन्थी
७. रूकुमपूर्व -केशरमान रोका
८. रोल्पा - किशोर आचार्य
९. प्युठान - विष्णुकुमार गिरी
१०. दाङ -शंकरप्रसाद डाँगी
११. बाँके – नारायण गौडेल
१२. बर्दिया - अरूणप्रकाश सिंह राठौर
गण्डकी प्रदेश
१. गोरखा - नन्दप्रसाद न्यौपाने
२. लमजुङ - टकराज गुरूङ
३. तनहुँ - जितप्रकाश आले
४. कास्की - किशोरदत्त बराल
५. मनाङ - शंकर गुरूङ देउवा
६. पर्वत - युवराज जोशी
७. मुस्ताङ -रोमीगौचन थकाली
८. स्याङ्जा - राजु थापा
९. म्याग्दी - खमबहादुर गर्बुजा
१०. बागलुङ - जित शेरचन
११. नवलपुर - महेन्द्रध्वज जिसी
कर्णाली प्रदेश
१. रूकुम - प्रेमप्रकाश वली
२. सल्यान - केशवबहादुर विष्ट
३. डोल्पा - दीपेन्द्रबहादुर शाही
४. जुम्ला - कर्णबहादुर शाही
५. मुगु - ऐनबहादुर शाही
६. हुम्ला -मोहनविक्रम सिंह
७. कालिकोट - अम्बबहादुर शाही
८. जाजरकोट -बेदराज सिंह
९. दैलेख - मणिराम रेग्मी
१०. सुर्खेत -खड्ग पोखरेल
सुदुरपश्चिम प्रदेश
१. बाजुरा - रामसिंह रावल
२. बझाङ -खड्क बोहरा
३. डोटी - नरेन्द्रबहादुर सिंह
४. अछाम -पुष्पबहादुर शाह
५. दार्चुला -ललितसिंह बोहरा
६. बैतडी -चतुरबहादुर चन्द
७. डडेल्धुरा - भीमबहादुर साउद
८. कञ्चनपुर - पदम बोगटी
९. कैलाली - नारायणदत्त भट्ट

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस