रामेछापमा कांग्रेसको चुनावी अभियान सुरु
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | ०९:२८:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेसले हिमाली जिल्ला रामेछापमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान आइतबारदेखि सुरु भएको हो ।
अभियानको केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच उदघाटन गरेका हुन् ।
.jpg)
कार्यक्रम उदघाटन गर्नुअघि कांग्रेसले मन्थलीमा र्यालीसमेत निकालेको थियो । अभियानको सुरुवात गर्दै नेता काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धतासहित अभियानमा जुटन कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, सचिव दिपक खड्का, निवर्तमान कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठ लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
.jpg)
काग्रेसले यसअघि रामेछापको आठ वटै स्थानीय तहको अभियान संयोजक समेत तोकिसकेको छ । सोही प्रतिनिधिहरुको नेतृत्वमा घर घर पुग्ने अभियान तय गरेको पार्टी सचिव दीपक खड्काले बताए । जिल्ला पदाधिकारी, क्षेत्रिय, वडा कार्यसमिति, भातृसंगठनका प्रतिनिधिहरुकोसहितको प्रशिक्षण समेतको अभियानमा आउँदो चुनावमा कुनै पनि हालतमा जित्नुपर्नेमा सबैकाे एकमत छ ।
चुनावमा पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्नेमा सबैकाे जाेड थियाे ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस