स्वास्थ्य

देशभर पछिल्लो २४ घण्टामा थप ६५ जनामा काेराेना संक्रमण पुष्टि, मृत्यु शून्य

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जानकारी दिएकाे छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ११९५० जनाले ज्यान गुमाएका छन् ।

आज मात्रै १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

हाल देशभर ४९१७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । 

बितेकाे चौबीस घन्टामा ६३०६ पीसीआर तथा १६४१ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत