युक्रेनको राजधानी किभ नजिकै पुग्याे रूसी सेना, सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा रुसी सेनाले चलायाे गाेली
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | ११:२०:०० मा प्रकाशित

काठमाडाैं । रुसी सेना युक्रेनको राजधानी किभ नजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट रुसी सेना किभ नजिकै पुगेको हो ।
रुसी सेनाले किभ नजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरबाट करिब १३ हजार सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।
सर्वसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरले बताएका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अपनाएको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस