प्रतिनिधिसभाको बैठक आज बस्दै, महाअभियाेग विषयमा छलफल हुने
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | ०७:१६:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस