राजनीति
कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | ०७:२२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन् ।
दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् ।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियाे ।
पहिलो चरणमा तेस्रो भएका डा.शेखर काेइराला समूहका नेता दिनेश पर्सैलाले दाेस्राे चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए ।
सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए। सभापतिमा निर्वाचित यादव धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे मेयरसमेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस