गोली हानी १० जनाको हत्या
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | ११:२९:०० मा प्रकाशित

एजेन्सी । गोली हानेर १० जनाको हत्या गरिएको छ । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको हाे । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ ।
मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले बताएकाे छ । उक्त सहरको एक निजी बस्तीमा भएको उक्त हत्याकाण्डमा तीन जना महिला रहेका छन् ।
पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको जनाइएकाे छ । मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको कार्यालयले जानकारी दिएको छ ।
हत्या गरिएको घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीकाे अनुमान छ ।
मारिएकाहरुको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको प्रहरीले अनुमान गरेकाे जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस