अर्थतन्त्र

प्रतितोला २५ सयले बढ्यो सुन, रुस युक्रेन युद्धकाे असर नेपाली बजारमा

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

 महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम गरिएको छ ।   

आज चाँदीको मूल्य प्रतितोला १४५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता