रुसमाथि अमेरिका, बेलायत र युराेपेली संघकाे थप आर्थिक नाकाबन्दी
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १०:५४:०० मा प्रकाशित

काठमाडाैं । अमेरिका र युरोपेली संघले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएका छन् ।
रुसले युक्रेनमाथि भिषण आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप नाकाबन्दी लगाइएको हो ।
युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यास र पेट्रोलको आयातमा प्रतिबन्ध लगाइसकेका छन् ।
बेलायतले भने अङ्ग्रेजी क्यालेण्डर अनुसार डिसेम्बरसम्म रुसी पेट्रोलियम पदार्थ आयातमा कमी गर्ने दाबी गरेको छ ।
युरोपेली संघले भने यही वर्षमा दुई तिहाई रुसी पेट्रोलियम पदार्थ आयातमा कमी गर्ने उद्घोष गरेको छ ।
यसैबीच, बहुराष्ट्रिय कम्पनीहरु कोकाकोला, स्टारबक्स र म्याक्डोनोल्ड्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस