स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना, एककाे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

मंगलबार ३४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ३ हजार ६३८ पीसीआर तथा २ हजार ७५६ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता