प्रतिनिधि सभा

महाभियोग सिफारिस समिति गठन, एमालेका प्रतिनिधिसहित ११ सदस्य

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सोको प्रस्ताव प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेका छन् । 

समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् ।

गाउँ सहर संवाददाता