नेशनल लाइफ घण्टाघर शाखाको आयोजनामा अभिकर्ता बनभोज कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ११:४२:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको प्रत्यक्ष लगानी रहेको तथा निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौँ शाखाद्वारा फागुन २१ गते शनिबारका दिन शाखाका अभिकर्ता र कर्मचारीहरुको काभ्रेपलान्चोक स्थित धुलिखेलमा वनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।
धुलिखेल स्थित देवीस्थान पिकनिक स्पटले आन्तरिक पर्यटनलाइ प्रबर्द्धन गर्ने क्रममा बिकशित हुँदै गइरहेको रहेछ । प्राकृतिक हरियाली जंगलको सुरम्यताले मानिसहरुलाइ यथेष्ट रिफ्रेश बनाउँदो रहेछ । वनभोज कार्यक्रम स्थलमा पिकनिकलाइ ब्यवस्थित रुपमा संचालन गर्ने स्पटहरुको ब्यवस्थिती लगायत त्यहाँ संचालनमा रहेका रिसोर्टहरुले पिकनिकलाइ थप ब्यवस्थित बनाइदिने रहेछन् । पिकनिकलाइ रोमान्चक बनाउनका लागि गुम्बा, लगायत थुप्रै पटमार्ग एवं कालिका देवी मन्दिरको निर्माण लगायतको कार्यहरु भइरहेका छन् । देविस्थान पिकनिक स्पटमा निर्माण गरिएको ब्यवसायिक पिंग लगायत घोडचढीको ब्यवस्थाले थुप्रै आन्तरिक पर्यटकलाइ लोभ्याउँदो वातावरण रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।
मानवलाइ काम आराम र मनोरंजन सवैको जरुरी हुन्छ । निरन्तर कामको थकानले गलित भएकाहरुका लागि देवीस्थान पिकनिक स्थल गतिलो बिकल्प हुन सक्ने सम्भावना छ । समयमा गोडमेल नगरेको बिरुवाले संतोषजनक रुपमा प्रतिफल दिन सक्दैन । बेला बेलामा आयोजना गरिने पिकनिक कार्यक्रमले अभिकर्ता तथा कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धि हुनुका साथै कामको थकानबाट पुनर्ताजगी भइ थप कार्य सक्षमता प्राप्त हुने गर्दछ । ८० जना जति सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीहरुको मनोरंजनार्थ आवश्यक नाचगान तथा बिंगो खेलको ब्यवस्था गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस