कांग्रेस नेता दिपेन्द्र क्षेत्रीद्वारा विभिन्न ठाउँमा सहयाेग
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण शनिबार, २०७८ | ०६:१३:०० मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिका सभापती दिपेन्द्र क्षेत्रीले मिर्गाैला पीडितलाई सहयाेग गरेका छन् ।
स्याङ्जा चापाकोट नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका –१५ अस्थायी रूपमा बसोबास गर्दै आएको ३१ वर्षका धन बहादुर रानाको पाचनग्रन्थिमा समस्या भएको र त्यससँगै २ ओटै मिर्गौलाले काम गर्न नसकेको अस्थामा रहेका बिरामीका लागी २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
त्यस्तै, पशुपति स्थित उमाकुण्ड आश्रम भजनमण्डलीलाई १० हजार प्रदान गरेका छन् । हस्तान्तरण कार्यक्रममा सभापती ई. दिपेन्द्र क्षेत्री, उप–सभापति हरू सन्देश खाँड, सरोज पौडेल , सचिव अमृत वोस्ती , सदस्य युवा नेता ज्ञानु न्यौपाने, कालिगण्डकी तरूण नेता शंकर न्यौपाने लगायतको उपस्थीती रहेको थियो ।
समितिका सभापति ई.दिपेन्द्र क्षेत्रीले यो अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै सम्पूर्णको उज्जवल भविष्यको कामना गरे ।
नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिको तर्फबाट विभिन्न व्यक्तिहरुसँग लिएको सहयोग रकमलाई व्लड क्यान्सर बिरामी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–०७, साखरका तरूण नेता राजु पोख्रेल टाईसनका पुजनीय बुबा दीर्घनारायण पोख्रेल लाई २५ हजार हस्तान्तरण गरेका छन् ।
क्षेत्रीले विभिन्न ठाउँमा गएर अप्ठेरामा परेकाका लागी आवश्यक सहयोग गर्दै आएका छन् ।
उनले कोरोनाको महामारी फैलिएका बेलामापनि गृह जिल्लाका स्वास्थ्य चौकीहरुमा सहयोग गरेका थिए भने जिल्लाका विभिन्न क्लबहरुमा खेलकुदका सामाग्रीहरु वितरण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस