गोकर्ण फरेस्ट रिसोर्टमा पार्टनर्स समिट २०२२ सम्पन्न
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण शनिबार, २०७८ | २०:५४:०० मा प्रकाशित

काठमाडाैँ । ग्लोबल युनिभर्सिटी सिस्टम क्यानडा अन्तर्गतका युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा पार्टनर्स समिट २०२२ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका उपाध्यक्ष निरज भूपेन्द्र सिटौला, एरी नेपालका अध्यक्ष तथा नेपाल ट्रेड कमिसन सर्भिस क्यानडाका ट्रेड एड्भाइजर द्व्यराज शर्मा सिवाकोटी, नायरका फाउन्डर चेयरम्यान नारायण बजाज, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका अन्तर्राष्ट्रिय विभाग प्रमुख अमित खड्का लगायत अन्य शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।
ग्लोबल युनिभर्सिटी सिस्टम क्यानडा अन्तर्गतका युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोका बारेमा पोष्ट प्यान्डामीक सिच्वेसन र परिवर्तित नियम, कोर्स, फिइस्ट्क्चर, स्कलर्सिप लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले उक्त पार्टनर्स समिट आयोजना गरिएको युनिभर्सिटी क्यानडा वेष्टका बिजिनेस डेभलपमेन्ट मेनेजर नेत्र कोइरालाले स्वागत मन्तव्यका क्रममा जानकारी गराए ।
मन्तव्यकै क्रममा युनिभर्सिटी क्यानडा वेष्टका असोसीयट डाइरेक्टर साउथ एसिया दिपेस सिङ्लाले आफूलाई लामो समय देखि प्रवर्द्धन गर्दै आएका सम्पूर्ण पार्टनरहरूलाई धन्यवाद व्यक्त गर्दै भविश्यमा पनि यसैगरी विश्वास गर्नका लागि समेत आह्वान गरेका थिए ।
जानकारीकै क्रममा नायग्रा कलेज टोरन्टो क्यानडाकी असोसीयट डाइरेक्टर अफ रिक्रूटमेंट नचेया वेरवटले आफ्नो ब्यस्त समयका बाबजुद पनि ग्लोबल युनिभर्सिटी सिस्टम क्यानडा अन्तर्गतका युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोले संयुक्त रूपमा आयोजना गरिएको पार्टनर्स समिट २०२२ मा आएर अपडेटड इन्फर्मेसन लिँदै गर्दाको यो उपस्थिती नै आफ्नो लागि हौसला भएको जानकारी गराए ।
त्यसैगरी नायग्रा कलेज टोरन्टोमा संचालित शैक्षिक कार्यक्रम, न्युनतम योग्यता र पार्टनर्सहरुलाई आवश्यक सूचनाहरूका बारेमा जानकारी गराउँदै नायग्रा कलेज टोरन्टोका बिजिनेस डेभलपमेन्ट मेनेजर धिराज सिंह र रिजनल डाइरेक्टर भाविका सोनीले आफ्नो-आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रमलाई भव्य, शभ्य र मर्यादित बनाउन सहयोग गर्ने सम्पूर्णमा उपस्थित पार्टनर्सहरुलाई धन्यवाद व्यक्त गर्दै युनिभर्सिटी क्यानडा वेष्टका बिजिनेस डेभलपमेन्ट मेनेजर नेत्र कोइरालाले कार्यक्रमको समापन गरेका थिए । अन्तमा उपस्थित पार्टनर्सरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस