गाउँ सहर

जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण

  • २१ फाल्गुण शनिबार, २०७८ | १०:१७:०० मा प्रकाशित

कास्की । पोखरा महानगरपालिका वडा नं ३२, तल्लो गगनगौडामा अवस्थित श्री राधाकृष्ण वृद्धाश्रममा नि:शुल्क स्वास्थ्य परीक्षण एवं औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोग एवं प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा ३० मोहरियाको प्राविधिक सहयोगमा वृद्धाश्रममा रहेका ५९ सहित करिव सय जना जेष्ठ नागरिकहरु सो शिबिरवाट लाभान्वित भएका थिए ।

सो शिविरमा औषधी हस्तान्तरण गर्दै उपसचिव जमुना पौडेलले जेष्ठ नागरिकहरुको सेवामा काम गर्न पाउदा ब्यक्तिगत रुपमा र मन्त्रालय नै खुशी रहेको र आगामी दिनहरुमा पनि सहयोग निरन्तर रहने बताइन् ।

संस्थाका अध्यक्ष प्रेम लिगलको सभापतित्वमा भएको सो कार्यक्रममा संक्रामक रोग अस्तपातलका कार्यकारी निर्देशक विकास गौचन, सिड फाउण्डेशन कास्कीका निमित्त अध्यक्ष ध्रुवनाथ अधिकारीले मन्तब्य राखेका थिए भने संस्थाका सचिव सोभा मोहन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईँको मत