आमा समूहलाई मन्त्री थापाको सहयोग
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १६:०७:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा १६ स्थित गन्दर्भ आमा समूहलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच आमा समूहलाई आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेश सरकारको प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने पारिश्रमिक÷तलब,भत्ता बापत प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले आफुले पाउने तलब सुविधाबाट गन्दर्भ आमा समूहलाई आवश्यक सामाग्री सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
मन्त्री थापाले पोखरा १६ बाटुलेचौर स्थित गन्दर्भ टोलमा देखिएका रोजगारी देखि भौतिक पूर्वाधार विकासका समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस