नेपाल वार एसोसिएसनको निर्वाचन तालिका सार्वजनिक, ९५८८ जनाले मतदान गर्ने
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १३:४६:०० मा प्रकाशित

काठमाडाैं । नेपाल वार एसोसिएसनको निर्वाचन प्रकृया शुरु भएसँगै अन्तिम नामावली प्रकासन भएको छ । बारको निर्वाचनमा देशैभरबाट नौ हजार ५८८ जनाले मतदान गर्ने भएका छन् ।
निर्वाचनमा सोलुखुम्बु इलाम, अछाम र दार्चुला बारका ३/३ जना सहभागि हुने छन् भने सबैभन्दा धेरै ललितपुरबारबाट दुई हजार २०५ जना अधिबक्ताले मतदानमा भाग लिने बारले जनाएकाे छ । बारको २६ औं अधिवेशनबाट केन्द्रीय समिति चयनका लागि फागुन १० गते देखि निर्वाचन प्रकृया शुरु भएको कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेलले जानकारी दिएका छन् । २०७८ चैत १९ गते बारले अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्यका लागि निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको हाे ।
अधिवेशनसँगै आउने नयाँ नेतृत्वका लागि न्यायलय भित्र भएको विकृति, विसंगति विरुद्ध अवर्को मुख्य मुद्दा बन्नु पर्ने आवाज सहित वारको नेतृत्व चयन प्रकृया अघि बडेको नेपाल वार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले बताए ।
तालिका अनुसार फागुन २३ गते उम्मेदवारी दर्ता हुने छ । बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ । २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गर्ने बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस