कांग्रेस वडा सदस्यकाे करेन्ट लागेर मृत्यु
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १२:१४:०० मा प्रकाशित

काठमाडाैं । करेन्ट लागेर वडा सदस्यकाे मृत्यु भएकाे छ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको हाे । नेपाली कांग्रेस व्यास नगरपालिका १ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए ।
नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा संघर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस