स्वास्थ्य

काेराेना अपडेट नेपाल : १२७ जनामा संक्रमण पुष्टि, ३२१ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्याले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता