राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | ११:४०:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
पार्टी अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम नायिका रेखा थापासहित १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर चुनाव उनी पराजित हुन पुगेकी थिइन् ।
मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् ।
यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस