छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाकाे मृत्यु, तीन घाइते
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बुधबार, २०७८ | १०:४४:०० मा प्रकाशित

काठमाडाैं । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको हाे । दुर्घटनामा तीन जना घाइते भएका छन् । दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षीय पारस बोहोरा रहेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल गढवा २ महादेवा पुल नजिकै ठोकिँदा दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस